काठमाडौँ। बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन घटेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन एकैदिन ७ अर्ब रुपैयाँले घटेको हो।
वैशाख १५ गते ६८ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकहरुले वैशाख १६ गते ६८ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन ७ अर्ब रुपैयाँले कम हो।
यस अवधीमा वाणिज्य बैंकहरूको कर्जा लगानी पनि घटेको छ। बैंकहरूको कर्जा लगानी एकैदिन १ अर्ब रुपैयाँकाे घटेको छ।
हाल बैंकहरुको सिडी रेसियो ७९.३९ प्रतिशत र अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ।