prabhu

कामु गभर्नर ढुंगानाले अर्थमन्त्रीको निर्देशनलाई बेवास्ता गरिन्, राजीनामा स्वीकृत नहुँदा गभर्नर नियुक्ति प्रक्रिया रोकियो !

काठमाडौँ। राष्ट्र बैंककी कामु गभर्नर डा. नीलम ढुंगानाले अर्थमन्त्रीको निर्देशनलाई बेवास्ता गरेकी छिन्। उनले कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र डा. प्रकाश कुमार श्रेष्ठको राजीनामा स्वीकृत नगरेर अर्थमन्त्रीको निर्देशनलाई बेवास्ता गरेको बुझीएको हो।

ढुंगानाले राजीनामा स्वीकृत नगर्दा हाल गभर्नर नियुक्ति प्रक्रिया रोकिएको छ। भट्टलाई भावी गभर्नर बनाउन कांग्रेस र एमालेबीच सहमति भइसकेको छ भने उनीविरुद्ध सर्वोच्चमा रिट विचाराधीन छ।

राजीनामा स्वीकृत नगरेर ढुंगानाले गभर्नर नियुक्ति प्रक्रिया रोकिराखेकी छन्। अर्थशास्त्रमा स्नातकोत्तर र विद्यावारिधि गरेका भट्टले २०५७ सालदेखि राष्ट्र बैंकमा कार्यरत छन्। राष्ट्र बैंकका विभिन्न विभागमा काम गर्दै आएका भट्ट गभर्नर बन्ने सम्भावना प्रवल रहेको छ। 

तर, ढुंगानाले दुबैजनाको राजिनामा स्वीकृत नगर्दा गभर्नरको नियुक्ति प्रक्रिया लम्बिएको जानकारहरुले बताएका छन् । 

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै