prabhu

कुमारी बैंकका ग्राहकहरुलाई क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्रमा छुट

काठमाडौँ । कुमारी बैंकका ग्राहकहरुलाई क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्रमा छुट हुने भएको छ। बैंकका ग्राहकहरुलाई भाटभटेनी टंगाल, काठमाडौँ स्थित क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (केल्याब) मा छुट हुने भएको हो।

बैंक र उक्त ल्याबबीच कुमारी बैंकका ग्राहकहरुलाई ल्याबबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता अन्तर्गत ल्याबबाट प्रदान गरिँदै आएका सेवाहरुमा ग्राहकहरूलाई आन्तरिक ल्याब टेष्टमा २० प्रतिशत र बाह्य ल्याब टेष्टमा १० प्रतिशतसम्म छुट हुने भएको हो ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रबर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै