चेक अनादर मुद्दामा फरार रहेका ५३ वर्षीय पोख्रेल पक्राउ

काठमाडौँ । खातामा पैसा नहुँदा नहुँदै चेक काट्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चेक अनादर बिगो मुद्दामा फरार रहेका जिल्ला मोरङ  रंगेली नगरपालिका वडा नं २ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं २९ बस्ने ५३ वर्षीय महेश्वर पोख्रेल रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पोख्रेललाई फागुन १९ गते काठमाडौँ महानगरपालिका वडा नं ३१ भिमसेनगोलाबाट पक्राउ गरेको हो।

भोजराज पौडेलको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी महेश्वर पोख्रेल भएको चेक अनादर मुद्दामा प्रतिवादी महेश्वर पोख्रेललाई सम्मानित काठमाडौँ जिल्ला अदालतबाट २०७३ जेष्ठ १८ गतेको फैसला बमोजिम भरी पाउने बिगो रु आठ लाख छैसठ्ठी हजार चार सय त्रिचालिस रुपैयाँ र सो को भरीभराउ हुदाँ सम्मको कानून बमोजिम हुने ब्याज समेत प्रतिबादीबाट दिलाई भराई पाउँ भनि वादीको दर्खास्त परी कारबाही चलेको थियो।

यता, प्रतिवादीले विगो दाखिला गर्न नसकेकोले सम्मानित काठमाडौँ जिल्ला अदालतको मिति २०७८ असोज २६ गतेको आदेशानुसार फैसला भई फरार रहेका थिए।

उनलाई फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौँ जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्