बैंकहरुमा अत्याधिक तरलता थुप्रियो, बैंकिङ प्रणालीबाट थप ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ५० अर्ब रूपैयाँ तान्न लागेको छ । बैंकहरुमा अत्याधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्नका लागि निक्षेप संकलन उपकरणमार्फत फागुन २१ गते थप ५० अर्ब रुपैयाँ तान्न लागेको हो।

राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

त्यस्तै, २१ दिने निक्षेप संकलन उपकरणको चैत १३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्