काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुबाट हुने कर्जा प्रवाह एकैदिन २ अर्ब रुपैयाँले बढेको हो।
बैंकहरुबाट मंसिर २९ गते ५३ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ३० गते ५३ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ ।
यता, वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाह भने स्थिर रहेको छ । मंसिर २९ गते ४७ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले मंसिर ३० गते पनि सोही रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका हुन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको औसत सिडी रेसियो ७८. ७८ प्रतिशत छ भने अन्तरबैंक ब्याजदर २.९९ प्रतिशत कायम भएको छ ।