वाणिज्य बैंकहरुबाट पर्यटन सेवा क्षेत्रमा २ खर्ब बढी कर्जा प्रवाह, सबैभन्दा धेरै कर्जा दिनेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक

काठमाडौँ । वाणिज्य बैंकहरुबाट पर्यटन सेवा क्षेत्रमा २ खर्ब बढी कर्जा प्रवाह भएको छ । चालु आर्थिक वर्षको कात्तिकसम्म वाणिज्य बैंकहरुबाट पर्यटन सेवा क्षेत्रमा २ खर्ब ७ अर्ब ७३ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह भएको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस क्षेत्रमा बैंकहरुले २ खर्ब १३ अर्ब ५० करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यस्तो कर्जा २.७ प्रतिशतले घटेको छ।

त्यस्तै, समीक्षा अवधिमा पर्यटन सेवा क्षेत्रमा सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यस बैंकले चार महिनामा २३ अर्ब ९७ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ०.६८ प्रतिशतले कम हो ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्