PRABHU BANK

बैंक तथा वित्तीय संस्थामा रिपो भन्नाले के बुझिन्छ ?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा न्यून तरलताको स्थिति देखिएमा अल्पकालीन अवधिका लागि बढीमा १४ दिन तथा दीर्घकालीन अवधिका लागि बढीमा ६ महिनाको तरलता प्रवाह गर्न नेपाल राष्ट्र बैंकले प्रयोग गर्ने उपकरणलाई ‘रिपो’ भनिन्छ। राष्ट्र बैंकले मंगलबार वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दे रिपोको बारेमा उल्लेख गरेको हो ।

यो उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ता (बैंक तथा वित्तीय संस्था) को राष्ट्र बैंकमा रहेको खातामा बाँडफाँट अनुसारको रकम जम्मा गरिने भएकोले तोकिएको समयावधिका लागि बैंकिङ्ग प्रणालीमा तरलता प्रवाह हुन जान्छ ।

यस उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकसँग मास्टर रिपर्चेज एग्रिमेन्ट गरेका) मात्र सहभागी हुन सक्छन् भने ब्याजदर बोलकबोलबाट निर्धारण हुन्छ। यो हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै