नेपाली बैंकिङ क्षेत्रमा अपराध बढ्दै, वित्तीय अपराधमा १९ देखि ३० वर्षका युवा बढी सक्रिय !

काठमाडौँ ।  पछिल्लो समय बैंकिङ अपराधका घटना बढ्दै गएका छन् । वित्तीय अपराधमा युवाहरु बढी सक्रिय भएका छन् । राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (फाइनान्सियल इन्टेलिजेन्स युनिट) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार वित्तीय अपराधमा १९ देखि ३० वर्षका युवा बढी सक्रिय रहेका हुन्।

प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न भएर गैरकानुनी रूपमा पैसा तान्नेमध्ये ७० प्रतिशत १९ देखि ३० वर्ष उमेर समूहका रहेको उक्त प्रतिवेदनले देखाएको छ।

यता, २०८१ जेठसम्ममा शंकास्पद कारोबार र शंकास्पद गतिविधिका रिपोर्टिङको क्रममा आएका उजुरीमध्ये करिब १५ प्रतिशत उजुरी फ्रड सम्बन्धी छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्