PRABHU BANK

एक महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या ३ लाख भन्दा बढीले बढ्यो

काठमाडौँ । एक महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या ३ लाख भन्दा बढीले बढेको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो महिना साउनमा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या ३ लाख १२ हजार ३ सय १९ ले बढेको हो ।

हाल मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या २ करोड ४९ लाख ६१ हजार १ सय ६५ पुगेको छ  । असारमसान्तसम्म २ करोड ४६ लाख ४८ हजार ८ सय ४८ रहेको मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या साउनमा बढेको हो ।

त्यस्तै, गत साउनमा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या २ करोड १६ लाख ९१ हजार ४ सय ७४ थियो । गत वर्षको सोही अवधिको तुलनामा प्रयोगकर्ताको सङ्ख्या ३२ लाख ६९ हजारले बढी हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या २ करोड १३ लाख ६३ हजार ९ सय ८९ थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै