PRABHU BANK

कुमारी बैंकका ग्राहकहरूले नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकमा १० प्रतिशतसम्म छुट पाउने

काठमाडौँ । कुमारी बैंकका ग्राहकहरूलाई नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकमा छुट हुने भएको छ । बैंकका ग्राहकहरुलाई नयाँ बानेश्वर, काठमाडौँ स्थित नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकमा १० प्रतिशतसम्म छुट हुने भएको हो ।

बैंक र उक्त कम्पनीबीच ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सो सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूले नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँ वानेश्वर(काठमाडौँ र कौशलटार(भक्तपुर स्थित सेवा केन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट(क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा  छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै