PRABHU BANK

चेक बाउन्सको मुद्दामा ८१ वर्षीय वृद्ध पक्राउ

काठमाडौँ । चेक बाउन्सको मुद्दामा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका २ का ८१ वर्षीय रामप्रसाद पौड्याल रहेका छन् । 

पौड्यालले लोकेन्द्र नारायण श्रेष्ठसँग ५८ लाख २१ हजार रुपैयाँ सापटी लिएका थिए । श्रेष्ठले रकम फिर्ता मागेपछि पौड्यालले सनराइज बैंकको खाताबाट ५८ लाख २१ हजार रकमको चेक दिएका थिए ।

त्यस्तै, पटक पटक चेक बाउन्स भएपछि श्रेष्ठले वृद्ध विरुद्ध मुद्दा दायर गरेका थिए । पक्राउ परेका ८१ वर्षीय वृद्धलाई फैसला कार्यान्वयनका लागि ललितपुरको नख्खु कारागार पठाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै