PRABHU BANK

नेशनल लघुवित्त वित्तीय संस्थाको नाफा ५७.८९ प्रतिशतले बढ्यो, यस्तो छ अन्य सूचकको अवस्था (विवरणसहित)

काठमाडौँ । नेशनल लघुवित्त वित्तीय संस्थाले नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३४ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.८९ प्रतिशत धेरै हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २१ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो । यसैगरी कम्पनीको खुद ब्याज आम्दानी ६५ करोड ९९ लाखबाट बढेर १ अर्ब १५ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीको इम्पेयरमेन्ट चार्ज २५ सय प्रतिशतले बढेको छ । यता इम्पेयमेन्ट चार्ज ८७ लाखबाट बढेर २२ करोड ७५ लाख रुपैयाँ कायम भएको छ ।

यसैगरी कम्पनीको वितरणयोग्य नाफा २८ करोड ११ लाख रुपैयाँ देखिएको छ  । यता कम्पनीको प्रतिसेयर आम्दानी २९.२५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ भने २४५.९० रुपैयाँ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै