PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकद्धारा महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक लाइट हस्तान्तरण

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ट्राफिक लाइट हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक लाइट हस्तान्तरण गरेको हो । गरी संचालनमा ल्याएको जनाएको छ। 
नयाँ जडान गरिएको ट्राफिक लाइट काठमाडौं महानगरपालिका वडा न.२१ का वडा अध्यक्ष चीनकाजी महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्विच अन गरेर संयुक्त रूपमा उद्घाटन गरी ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा न.२१ वडा अध्यक्ष चीनकाजी महर्जनले उपत्यकामा बढ्दै गइरहेको ट्राफिक जामलाई व्यवस्थापन गर्न वडा कार्यालयले पनि सहयोग गर्ने बताए । बैंकका सिइओ श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्षेत्रमा सहयोगी कार्यहरु गरिरहेको र आगामि दिनमा पनि निरन्तर सहयोग गर्ने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै