अघिल्लो हप्ता राेकिएकाे माैद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । गत शुक्रबार सार्वजनिक हुन  नसकेको मौद्रिक नीति राष्ट्र बैंकले आज सार्वजनिक गर्न लागेकाे हाे।

गत शुक्रबार सार्वजनिक गर्ने भनिएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले मस्यौदा हेर्न चाहेपछि रोकिन पुगेको थियो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गरेका छन् । यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्