prabhu

कृषि विकास बैंक नारायणपुरद्धारा गढी टाकुरा मन्दिर पुन: निर्माणमा सहयोग

काठमाडाैं । कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय नारायणपुर दाङले गढी टाकुरा मन्दिर पुन:निर्माणमा सहयाेग गरेकाे छ । बैंककाे संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्रगत घोराही उपमहानगरपालिका वडा नं. १२ स्थित गढी टाकुरा देवस्थल मन्दिर हापुर नारेवाङलाई मन्दिरको पुनः निर्माण एवं पुरातात्विक वस्तुको संरक्षणका लागि सहयाेग गरेकाे हाे ।

गढी टाकुरा देवस्थल प्रबन्धक समितिका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षता तथा कृषि विकास बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेको प्रमुख आतिथ्यता एवं कृषि विकास बैंक लि. प्रदेश कार्यालय दाङका निर्देशक राजेन्द्र रानाभाटको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मन्दिरको पुनः निर्माण एवं पुरातात्विक वस्तुको संरक्षण गर्न ४ लाखको चेक बैंकका उपमहाप्रबन्धक न्यौपानेले गढी टाकुरा देवस्थल प्रबन्धक समितिका अध्यक्ष घनश्याम अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सांस्कृतिक सम्पदा संरक्षण, प्राकृतिक प्रकोपबाट असर परेका मानवलाई सहयोग गर्दै आएको बताए ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै