काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनीलाई नियुक्त भएका छन् । बैंकको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले उपकार्यकारी अधिकृत लोहनीलाई रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको हो ।
लोहनीले २०५१ सालमा कम्युप्टर प्रोग्रामर (तह ७)को रुपमा बैंक सेवा प्रवेश गरेका थिए । व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्सहरू पूरा गरेका छन् ।