PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई १०० थान स्कुल ब्याग वितरण

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ । बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ७ चुहाडेमा रहेको श्री जनज्योति माध्यमिक विद्यालय चुहाडेका विद्यार्थीहरूलाई मंगलबार स्कुल ब्याग वितरण गरेको हो ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरूको सहभागितामा वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रमसमेत सञ्चालन गरेको थियो ।

सो विद्यालयमा अध्ययनरत कक्षा ४ र ५ का विद्यार्थीहरूलाई १०० थान स्कुल ब्याग तथा ४, ५, ९ र १० कक्षाका विद्यार्थीहरूलाई १०० थान कापी तथा कलम वितरण गरेको थियो ।

कार्यक्रममा कम्पनीको तर्फबाट लघुवित्त विभागीय प्रमुख कर्ण बहादुर कार्की तथा इटहरी क्लष्टर प्रमुख उमेश खड्का र  श्री जनज्योति माध्यमिक विद्यालयको तर्फबाट अध्यक्ष उद्धव काफ्ले तथा  प्रधानाध्यापक धर्मानन्द खतिवडाको उपस्थिति थियो ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै