PRABHU BANK

सिटिजन्स बैंकका ग्राहकहरूले स्तूपा स्वास्थ्य सेवा सहकारीको सेवामा छुट पाउने  

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चुच्चेपाटी काठमाडौंस्थित स्तूपा स्वास्थ्य सेवा सहकारी संस्थाबीच ग्राहकहरूलाई छुट दिने बारे सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने बारे सम्झौता गरेको हो ।

समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैङ्किङ ग्राहकहरूले स्तूपा स्वास्थ्य सेवा सहकारी संस्थामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ । स्तुपासंगको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले डिजिटल बैङ्किङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न बेला- बेलामा यस्ता ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै