PRABHU BANK

आवासीय घरकर्जा बाहेक वाणिज्य बैंकहरूले गरे घरजग्गामा २ खर्बभन्दा बढी लगानी

काठमाडौँ ।  वाणिज्य बैंकहरूले घरजग्गामा २ खर्बभन्दा बढी लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार वाणिज्य बैंकहरूले घरजग्गामा २ खर्बभन्दा बढी लगानी गरेको पाइएको हो ।

२० वटा वाणिज्य बैंकको २ खर्ब १३ अर्ब २० करोड ४० लाख रुपैयाँभन्दा बढी लगानी घरजग्गामा गएको राष्ट्र बैंकको तथ्यांकले  देखाएको छ । यो रकम आवासीय घरकर्जा बाहेकको रकम हो ।

गत साउनसम्म घरजग्गामा (रियल स्टेट) बैंकहरूले प्रवाह गरेको ऋण २ खर्ब ८ अर्ब ४७ करोड १० लाख रुपैयाँ थियो । चालू आर्थिक वर्ष ४ अर्ब ७३ करोड ३० लाख रुपैयाँ मात्र कर्जा प्रवाह भएको देखिन्छ । पछिल्लो समय बैंकहरु  व्यापारिक घरजग्गा कारोबारभन्दा आवासीय घरकर्जामा आकर्षित भएका छन् ।

व्यापारिक घरजग्गा कारोबारमा मन्दी आएपछि राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक परीक्षामार्फत केही लचिलो नीति पनि लिएको छ । जुन नीतिका अनुसार आम्दानीको ७० प्रतिशतले थेग्ने गरी घरजग्गा खरिदका लागि ऋण लिन पाइन्छ ।

वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालू सम्पत्ति (कृषि तथा गैर कृषिजन्य वस्तु) सुरक्षणको रूपमा रहेको छ भने ६८.५ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै