समिट लघुवित्तले १२ हजार ५०० कित्ता संस्थापक सेयर विक्री गर्दै

summit laghubitta

  • बैंकिङ संसार

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ हजार ५०० कित्ता संस्थापक सेयर विक्री गर्ने भएको छ । कम्पनीले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको १२ हजार ५०० कित्ता संस्थापक सेयर विक्री गर्न लागेको जनाएको छ ।

उक्त सेयरको मूल्य भने तोकिएको छैन । उक्त सेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय गोरखा १३, गोरखामा के कति कित्ता सेयर खरीद गर्ने हो सो को व्याहेरा खुलाई निवेदन दिन आग्रह गरेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्