prabhu

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संचालक योग्यता प्रकरण : अर्को पेशी बैसाख २३ गते तोकियो

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संचालक योग्यता प्रकरणमा परेको रिटको अर्को पेशी बैसाख २३ मा तोकिएको छ । यसअघि चुनाव रोक्न अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले आगामी बैसाख २३ गतेका लागि अर्को पेशी तोकेको हो । पेशी स्थगित नभएमा, सो दिन संचालकको योग्यताका विषयमा सर्वोच्चमा बहस हुनेछ ।

प्राध्यापक डा. तारा सापकोटाले हालेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश महेश शर्मा पौडेलको एक इजलाशले यसअघि बैंकका नाममा कारण देखाउ आदेश जारी गरेर चुनाव रोकेको थियो।

अदालतको आदेशपछि चैत २० गतेका लागि तय भएको बैंकको संचालक समितिको निर्वाचन स्थगित भएको थियो । सो चुनाव अव कहिले हुन्छ भन्ने यकिन स्वयम् अदालतले मात्र गर्न सक्ने स्थिति देखिएको छ ।

डा. सापकोटाले सर्वोच्चमा दायर गरेको रिटमा नेपाल इन्भेष्टमेन्ट मेगा बैँक लिमिटेड, बैंकको संचालक समिति, संचालक समितिको निर्वाचन गराउन नियुक्त गरिएका निर्वाचन अधिकृत शिव कुमार श्रेष्ठ, बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेसहित संचालकका उम्मेदवारहरु प्रजन्य राजभण्डारी, मुक्तिराज पाण्डे, मदनकुमार आचार्य, बरुण श्रेष्ठ, पर्वतकुमार कार्की र रवि महर्जनलाई विपक्षी बनाइएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै