National

कुमारी बैंकले ल्यायो नयाँ वर्षको अवसरमा क्यासब्याक अफर

काठमाडौँ । कुमारी बैंकले नयाँ वर्षको अवसरमा क्यासब्याक अफर ल्याएको छ । बैंकले नयाँ वर्ष २०८१को अवसरमा विशेष क्यासब्याक अफर ल्याएको हो ।

मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले बैंकको क्यासब्याक अफर प्राप्त गर्न सक्नेछन् । बैंकले पिओएस भुक्तानी र अनलाइन कारोबारका लागि बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपैयाँ वा कारोबार रकमको २५ प्रतिशत रकम फिर्ता पाउने जनाएको छ ।

बैंकका अनुसार उक्त योजना वैशाख १ गते बिहान ८ बजेदेखि राती ११:५९ बजेसम्म हुनेछ ।

साथै, तोकिएको समयावधिभित्र कारोबार गर्ने पहिलो ४० जना कार्ड प्रयोगकर्ता र पहिलो ४० जना मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै