National

मोबाइल बैंकको एसएमएस शुल्क कम गराउन टेलिकमलाई अध्यक्ष भण्डारीको निर्देशन

काठमाडौँ । मोबाइल बैंकको एसएमएस शुल्क कम गराउन नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले टेलिकम कम्पनीलाई निर्देशन दिएका छन् । प्रविधि पत्रकार मञ्चले आयोजना गरेको नेपालको दूरसंचार क्षेत्रको अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले यस्तो निर्देशन दिएका हुन् ।

उनले टेलिकम कम्पनीलाई महिनामा २ पटक वा ५ पटक एसएमएस आउँदा पनि ३ सय रुपैयाँ नै शुल्क लाग्ने गरेको बताएका छन् । अध्यक्षले टेलिकमलाई एसएमएसको आधारमा विभिन्न शुल्क निर्धारण गर्न आग्रह गरेका छन् ।

उनले मोबाइल बैंकको एसमएसको पैसा निर्धारण गर्नका लागि एनटीसी र एनसेले सहकार्य गर्नुपर्ने बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै