PRABHU BANK

को बन्ला राष्ट्रिय बाणिज्य बैंकको नयाँ सीइओ ? नबिलका भुपेन्द्र पाण्डे सबैभन्दा बढी लविङमा

काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंकको सीइओमा किरण कुमार श्रेष्ठको कार्यकाल सकिएसँगै अव को सीइओ हुन्छ भन्ने विषयको कौतुहलता बढेको छ । बैंकका दुई डेपुटी सीइओसहित आधा दर्जन बढी बैंकरहरु बैंकको सीइओ हुन लालायित भएको अवस्थामा नबिल बैंक लिमिटेडका भुपेन्द्र पाण्डे भने सबैभन्दा बढी लविङमा रहेको पाइएको छ ।

भुपेन्द्र पाण्डे नबिल बैंक अगाडी नेपाल बंगलादेश बैंकमा सीइओ थिए । त्यसभन्दा अघि उनी पूर्वाधार बिकास बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए । पूर्वाधार बिकास बैंकमा आउनुअघि उनी राष्ट्रिय बाणिज्य बैंकमै कार्यरत थिए ।
यता बैंकका हालका सीइओ किरण कुमार श्रेष्ठ बैंककै एक डेपुटी सीइओलाई सीइओ बनाउन लागि परेको चर्चा बैंकभित्रै छ । श्रेष्ठकै नेतृत्वमा हुँदा राष्ट्रिय बाणिज्य बैंकमा सबैभन्दा बढी विवादित घटनाहरु घटेका थिए । आफुले गरेका केहि विवादित काम बाहिर आउने डरले पनि उनले पाण्डे भन्दा पनि आफ्नै मान्छेलाई अघि सारेको चर्चा बैंकभित्र छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै