PRABHU BANK

‘ब्याज अझै घट्छ, तर, ब्याज घट्दा पनि कर्जाको माग नबढ्नु चिन्ताजनक विषय छ’: बैंकर्स संघ

काठमाडौँ । नेपाल बैंकर्स संघले ब्याजदर घट्दा पनि कर्जाको माग नबढ्नु चिन्ताको विषय भएको बताएको छ । संघका अध्यक्ष सुनिल केसीले कर्जाको माग नबढ्नु अर्थतन्त्रको लागि पनि चिन्ताको विषय भएको भन्दै यस विषयमा आफुहरु गम्भीर भएको बताएका छन् ।

संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष सुनिल केसीले बैंकको ब्याज अझै घट्ने स्थिति रहेको, तर, बैंकको ब्याज घटेको अवस्थामा पनि कर्जाको माग नहुनु चिन्ताको विषय बनेको बताएका छन् ।

‘ब्याज घटिरहेको छ, तर त्यसरी नै कर्जाको माग बढेको छैन । यो चिन्ताको विषय हो ।’ संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले भने, ‘बैंकको ब्याज त अझै पनि घट्ने स्थिति छ । तर जति ब्याज घट्दा पनि कर्जाको माग भएन भने त्यो जटिल विषय हो ।’

बैंकरहरुका अनुसार गत माघ देखि नै कर्जा लगानी निकै कम छ । कर्जा लगानी कम भएपछि बैंकहरुले विभिन्न स्किमहरुसमेत सार्वजनिक गरिरहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै