PRABHU BANK

बिएण्डसी मेडिकल कलेजको लाइसेन्स पाउने भएपछि दुर्गा प्रसाईंले थाले बैंकहरुसँग छलफल, बैंकहरुले थप लगानी गर्ने

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज, बि एण्ड सी मेडिकल कलेजले लाइसेन्स पाउने भएपछि थप ऋणका लागि प्रसाईंले बैंकहरुसँग छलफल सुरु गरेका छन् । अव आफ्नो काममा सहयोग गर्न आग्रह गर्दै उनले बैंकहरुसँग थप ऋणका लागि आग्रह गरेका हुन् ।
यसैबीच उनले ऋणको कुरा गर्न विभिन्न बैंकका सीइओहरुसँग भेटघाट गरेका छन् । ग्लोबल आईएमई बैंकका सीइओकै कारण आफु बिद्रोही बनेको बताउने प्रसाईंले यस विषयमा ग्लोबल आईएमई बैंक सँग पनि छलफल गरेका छन् । ग्लोबलकै नेतृत्वमा ऋण लिएका प्रसाईले नबिल बैंक, कुमारी बैंक, लुम्बिनी बिकास बैंक, गुडविल फाइनान्स लगायतका बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएका छन् ।
सरकारले एलओआई दिएपछि बैंकहरुबाट ऋण लिएर पूर्वाधार निर्माणको काम गरेका प्रसाईंले पछि सरकारले लाइसेन्स नदिएपछि बैंकहरुको ऋण तिर्न सकेका थिएनन् । बैंकले ऋण तिर्न दबाब दिएपछि उनी अदालत गएका थिए । अदालातले पनि प्रसाईंकै पक्षमा आदेश दिएपछि उनले बैंकको किस्ता तिर्न छोडेका थिए । अव भने उनी आफ्नो यो सबै बैंकिङ कारोबारको व्यवहार मिलाउन लागि परेका छन् ।
 ३० बर्ष अवधिका लागि डेढ अर्व ऋण मिलाईदिन आग्रह गर्दै उनी विभिन्न बैंकहरुसँगको छलफलमा छन् ।  बैंकहरु पनि यस विषयमा छलफलमा छन् । सरकारले लाइसेन्स नै दिएको अवस्थामा अव उनले बैंकबाट थप ऋण पाउने सम्भावना बढेको बैंकरहरु नै बताउँछन् ।
प्रसाईंको कुल ५ सय ५० करोड ऋणमध्ये २०० करोड ऋण यहि मेडिकल कलेजका लागि लिएका हुन् । प्रसाईंका अनुसार सो मेडिकल कलेजमा उनको ३०० करोड बढी खर्च भईसकेको छ । अदालतको पूर्ण पाठ आउनेबित्तिकै ऋणको प्रक्रिया अगाडी बढाउनेगरी उनी र बैंकरहरुबीच आन्तरिक सहमति भएको बैंकरहरुको दाबी छ ।
उनले केहि दिन अघि संचारकर्मीहरुसँग कुराकानी गर्दै आफुले लाइसेन्स पाउनेगरी अदालतले निर्णय गरेपछि अव आफुले ऋण तिर्ने बताएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै