PRABHU BANK

कामना सेवा विकास बैंक र MOCO एपबीच सम्झौता, यस्ता सेवा सुविधा पाउन सकिने

kamana sewa bikas bank

  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र MOCO एप बिच सम्झौता भएको छ । FOCUSONE Payment Solutions को डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत रFOCUSONE Payment Solutions का प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
MOCO एप नेपालमा पहिलो ’ओपन लुप नन-स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा ग्राहकहरूले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै क्यूआर कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरूमा पेमेन्ट गर्न सक्नेछन् ।
बैंकका भिसा कार्ड प्रयोगकर्ताहरूले अब MOCO एपमा आफ्नो डेबिट कार्ड लिंक गरी खरीद तथा विभिन्न सेवाहरूको भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन् । जस्तै टेलिकम टप-अप, इन्टरनेट र बिजुलीको बिल आदि ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै