PRABHU BANK

माछापुच्छ्रे बैंकद्वारा महानगरीय प्रहरी वृत्त लैनचौरलाई तीन ओटा रोड ब्यारीगेट हस्तान्तरण

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंकले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी वृत्त लैनचौरलाई तीन ओटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी बृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा बैंकका बाग्मती प्रदेश प्रमुख निरजमान सैजुले उक्त रोड ब्यारीगेट हस्तान्तरण गरेका थिए ।
बढ्दो सडक दुर्घटना र सडकमा हुने विभिन्न प्रर्दशनहरुलाई मध्यनजर गर्दै सर्वसाधरणको सुरक्षाको लागि सडक ब्यारीगेट हस्तान्तरण गरिएको बैंकले जनाएको छ । बैंकले हालसम्म १६३ वटा शाखाहरु, २ सय वटा एटीएम, १५७ वटा शाखारहित बैंकिङ सेवा, ६ वटा एक्सटेन्सन काउण्टरमार्फत आफ्ना १० लाखभन्दा बढि ग्राहकहरुमा बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै