PRABHU BANK

सिटिजन्स बैंक इन्टरनेसनलको संस्थापक सेयर बिक्रीमा

  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी तारा बिष्टको नाममा रहेको ११ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।
बैंकले उक्त सेयरमा न्युनतम मूल्य प्रतिकित्ता १ सय ३५ रुपैयाँ तोकेको छ भने जो कोहि व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । साथै, सेयर खरिद गर्न इच्छुक जो कोहीले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ ।
यसअघि बैंकका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले बैंकले यस पटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै