PRABHU BANK

एक्सेल डेभलपमेन्ट बैंकद्धारा ८७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

excel development bank
  • बैंकिङ संसार
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले ८७ हजार १०० कित्ता सेयर बिक्रीमा ल्याएको छ ।
बैंकका संस्थापक सेयरधनी शेखर राज बस्ताकोटीले आफ्नो नाममा रहेको ७० हजार कित्ता, इन्दु तुलाधरले १० हजार कित्ता र दिपक कुमार सरावगीले ७ हजार १०० कित्ता संस्थापक सेयर बेच्न बैंकसँग अनुमति मागेका हुन् ।
यस निवदेनसँगै बैंकले बिक्री प्रक्रिया अघि बढाएको छ । संस्थापक सेयर खरिद गर्न चाहने सेयरधनीले सूचना प्रकाशित भएको दिन आज (पुस ३० गते) बाट ३५ दिन भित्र आवश्यक कागजपत्रसहित एक्सेलको प्रधान कार्यालय विर्तामोड झापामा निवेदन दिनुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै