सेञ्चुरी कमर्सियल बैंकको ११औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांस पारित

century bank
  • बैंकिङ संसार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
उक्त सभा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा भौतिक उपस्थिति एवं अनलाइन(जुम)मार्फत एकैसाथ संचालन भएको हो ।
सभाले बैंकको चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ । २०७८ आषाढ मसान्तमा कायमचुक्ता पुँजीमा ९,०३,४४,२९,५०२.५० अक्षरेपी नौ अर्व तीन करोड चौवालिस लाखउनान्तिस हजार पाँच सय दुई रुपैयाँपचास पैसा मात्र० मा ५.७५ प्रतिशतले हुन आउने रकम एकाउन्न करोड चौरानब्बे लाख उनासी हजार छ सय छयानब्बे रुपैयाँ उनान्चालिस पैसा बराबरको बोनस शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम दुई करोड त्रियहत्तर लाख एकचालिस हजार छत्तिस रुपैयाँ पैसठ्ठी पैसा बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

commercial bank
Top 7 banking news