PRABHU BANK

नबिल बैंकका यी १० शाखा बिहिबार नखुल्ने, हेर्नुहोस् सुचिसहित !

nabil-bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंकका विभिन्न १० शाखा बिहिबार बन्द रहने भएका छन् । बैंकले सूचना जारी गर्दै आज माघ ६ गते कोरोना संक्रमणको तेस्रो लहरलाई मध्यनजर गर्दै उक्त शाखा बन्द रहने जनाएको हो । तर बैंकका अन्य शाखा भने खुला नै रहनेछन् ।
बैंकका अनुसार न्युरोड शाखा, भैसेंपाटी शाखा, पनौती शाखा, हलचोक शाखा, बालाजु शाखा बन्द रहनेछन् । यस्तै दरबार मार्ग, ग्वार्को, जोरपाटी गट्टाघर, कलंकी शाखा पनि बन्द रहने छन् । अन्य शाखाहरुले भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सेवा दिनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै