PRABHU BANK

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई लाइफ मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरमा १०% सम्म छुट

bank of kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डू र मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरबीच सम्झौता भएको छ ।
बैंक र मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुले १०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
यस सम्झौता पश्चात् ग्राहकहरुले मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवाहरुमा १०% छुट पाउनेछन् ।
ग्राहकहरुले उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले कास्की जिल्लाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै