DISH HOME

नबिल बैंकका अध्यक्ष पौडेलले लिए पद तथा गोपनियताको सपथ

nabil bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंक लिमिटेडका संचालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले शपथ ग्रहण गरेका छन् ।
बैंकको संचालक समितिको मिति २०७८ पौष ३० गते बसेको बैठकबाट सर्वसम्मतरुपमा बैंक संचालक समितिको अध्यक्षमा पुनःचयन भएका पौडेलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट बुधबार ५ गतेका दिन पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्धय नीलम ढुङ्गाना तिम्सिना, बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट तथा नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी साहलगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै