PRABHU BANK

मुक्तिनाथ विकास बैंकको खुद नाफा घट्यो, अन्य सूचक कस्ता ?

muktinath bikas bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंकले दोस्रो त्रैमाससम्म आइपुग्दा ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन नाफा गत वर्षकाभन्दा २.१४५ प्रतिशतले कम हो ।
अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको वितरण योग्य नाफा पनि ५७.७२% ले घटेर २२ करोड २१ लाख रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ३१.८७% ले बढ्दा सञ्चालन नाफा भने ०.५४% ले घटेको छ । यसको खराब कर्जा २.०४% ले घटेर ०.२६% मा झरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी घटेर ४ रुपैयाँ २९ पैसा घटेर २१ रुपैयाँ ३ पैसा बार्षिक कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ४५ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै