PRABHU BANK

ज्योति विकास बैंकले गर्यो दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, प्रति सेयर आम्दानी कति ?

jyoti bikas bank
  • बैंकिङ संसार
काठमाडौं । ज्योति विकास बैंकले ३४ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा १२.५७% ले बढेर ३४ करोड ४० लाख रुपैयाँ कमाएको जनाएको हो । यो नाफा गत वर्षको भन्दा १२.५७% ले धेरै हो ।

गत वर्ष बैंकले ३० करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । पुस मसान्तसम्म आउँदा बैंकको वितरणयोग्य नाफा १० करोड रुपैयाँ रहेको छ भने खुद ब्याज आम्दानी ४१.७३% र सञ्चालन नाफा १२.३५% ले बढेको छ । ज्योतिको खराब कर्जा बढेर १.४७% भएको छ ।

यस्तै बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३७ पैसा घटेर १६ रुपैयाँ १२ पैसा बार्षिक कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ३५ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै