PRABHU BANK

सिभिल बैंकको खुद नाफा १४८.४१ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ३९ पैसा

civil bank limited
  • बैंकिङ संसार
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिभिल बैंकले खुद नाफामा बढेको छ ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सर्वाजनिक गर्दै नाफा १४८.४१% ले बढेर ५० करोड ४० लाख रुपैयाँ पुगेको जनाएको हो । गत वर्ष बैंकले २० करोड २८ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
बैंकले खुद ब्याज ५७.०२% र सञ्चालन नाफा १७१.४६% ले बढेको पनि जनाएको छ । गत वर्ष ९३ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकको यो त्रैमासमा बढेर १ अर्ब ४६ करोड रुपैयाँ कायम भएको छ ।
यस्तै सञ्चालन नाफा पनि २६ करोड ९७ लाख रुपैयाँबाट बढेर ७३ करोड २२ लाख रुपैयाँ कायम भएको छ । यता पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ६९ करोड ७९ लाख रुपैयाँ हुँदा प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ३९ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै