PRABHU BANK

सनराइज बैंकले गर्यो ८५औं शाखारहित बैंकिङ सेवा कुन्तादेवीमा विस्तार

sunrise bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंकले गत शनिबार ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिका १ कुन्तादेवीमा ८५ औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको हो ।
बैंकले सेवा सञ्चालनका लागी कुन्तादेवीका लाल प्रसाद ढकाललाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।
यस्तै यी शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवासमेत उपलब्ध हुने बैंकले जनाएको छ ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटिएम र ८५ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै