PRABHU BANK

समिट लघुवित्तको खुद नाफा १००.२८% ले वृद्धि, प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ०७ पैसा

summit laghubitta
  • बैंकिङ संसार
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा समिट लघुवित्त वित्तीय संस्थाको खुद नाफा १००.२८% ले बढेको छ ।
कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा १००.२८% ले बढेर ८ करोड ५० लाख ८१ हजार रुपैयाँ पुगेको जनाएको हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनी ४ करोड २४ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८९ पैसाले बढेर ३४ रुपैयाँ ४४ पैसा पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५५ पैसा थियो । प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ०७ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै