PRABHU BANK

एसियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा माघ २१ गते हुने, यस्ता छन् छलफल हुने विषयहरु !

asian life insurance
  • बैंकिङ संसार
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा माघ २१ गते हुने भएको छ । कम्पनीले सभा एसियन लाइफ भवन, मैतीदेवी काठमाडौंमा बिहान ११ः३० बजे सुरु गर्ने भएको हो ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित नाफाबाट सेयरधनीलाई २५% बोनस सेयर र २% नगद गरी कुल २७% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ ।
यस्तै, प्रस्तावित बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ ।
सभाका लागि कम्पनीले माघ १२ गते बुक क्लोज गरिसकेको छ । माघ ११ गतेसम्म कायम रहने सेयरधनी सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै