PRABHU BANK

जनरल इन्स्योरेन्सको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, बिमा कोषको आकार ९९.४७ प्रतिशतले बढ्यो

General Insurance
  • बैंकिङ संसार
काठमाडौं । जनरल इन्स्योरेन्सले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीको खुद नाफा ५६.२० प्रतिशतले बढेर ५ करोड ६८ लाख ८५ हजार रुपैयाँ पुगेको छ । 
कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ५६.२० प्रतिशतले बढेर ५ करोड ६८ लाख ८५ हजार रुपैयाँ पुगेको जनाएको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ६४ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
पुस मसान्तसम्ममा कम्पनीको बिमा कोषको आकार ९९.४७ प्रतिशतले बढेर १३ करोड ३ लाख ५७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषमा ६ करोड ६२ लाख ४२ हजार रुपैयाँ पुगेको छ । 
यस्तै खुद बिमा शुल्क आर्जन १२.७५५ ले बढेर १३ करोड ५० लाख ७ हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ १० पैसाले बढेर ११ रुपैयाँ ३८ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ १८ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै