PRABHU BANK

लक्ष्मी बैंकको १४१औं शाखा कार्यालय काठमाडौं महानगरपालिकामा, व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य

Laxmi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । लक्ष्मी बैंकले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आफ्नो १४१औं शाखा काठमाडौं महानगरपालिका वडा न‌ं २९को डिल्लीबजारमा संचालनमा ल्याएको हो । बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ । यस्तै बैंकले १४१ शाखा, १० एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरुमार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिंदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै