PRABHU BANK

सनराइज बैंकको ८६औं शाखारहित बैंकिङ सेवा संचालनमा, प्रतिनिधिका रुपमा बिजय गौली नियुक्त

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंकले शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले झापा जिल्लाको कमल गाउँपालिका वडा नं–७, बाह्रघरेमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । बैंकले उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा बिजय गौलीलाई नियुक्त गरेको छ ।
सो शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ८६ पुगेको छ । बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले हालसम्म १३९ वटा शाखा, ८६ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटिएममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै