PRABHU BANK

एनएमबि बैंक र सोवा हेल्थकेयर सेन्टरबीच सम्झौता, हेल्थकेयर सेवाहरुमा विशेष छुट पाईने

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक र जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टरबीच सम्झौता भएको छ । सम्झौतापत्रमा एनएमबि बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र हेल्थकेयर सेन्टरका तर्फबाट निर्देशक रीचा श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा एनएमबि बैंकका ग्राहक तथा परिवारजनमा विशेष छुट तथा सहुलियत पाउनेछन् । 
अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परिक्षणहरु र शल्यक्रियामा विषेश छुट उपलब्ध गराउने छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै