PRABHU BANK

महालक्ष्मी विकास बैंक र भि.आई.पि क्लवबीच सम्झौता, विभिन्न सेवाहरुमा आकर्षक छुट पाईने

Mahalaxmi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र भि.आई.पि क्लव एण्ड लाउन्ज वार प्रा।लीबीच सम्झौता भएको छ । बैंकले बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा ग्राहकहरुलाई विभिन्न सेवाहरुमा आकर्षक छुट दिने भएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षत्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै