PRABHU BANK

गरिमा विकास बैंकले ल्यायो लकर सुविधामा आर्कषक छुटको व्यवस्था

Garima Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आउँदै गरेको अन्तराष्ट्रिय नारी दिवसलाई थप विशेष बनाउन सम्पूर्ण नारीहरुलाई लक्षित गर्दै गरिमा नारी बचत खाता र मेरो सेयर बचत खाता खोल्ने महिला ग्राहकहरुलाई प्रदान गर्दै आईरहेको लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको छ ।
बहुमुल्य गरगहना, सामान तथा कागजपत्रलाई सुरक्षीत राख्न भरपर्दो यस गरिमा विकास बैंकको लकर सुविधा अन्तर्गत लकर डिपोजिटमा २५५ र वार्षिक लकर शुल्कमा ५० प्रतिशत (पहिलो वर्षको लागि मात्र) छुटको व्यवस्था गरेको हो । यस विकास बैंकका ग्राहकहरुले न्यूरोड शाखा (काठमाडौं), कुमारीपाटि शाखा (ललितपुर), सुर्यविनायक शाखा (भक्तपुर), सभागृह शाखा (कास्की), वगर शाखा (कास्की), नारायणगढ शाखा (चितवन), बुद्धचोक शाखा (चितवन) र धरान शाखा (धरान) मा उपलब्ध विभिन्न आकारका लकरमा उक्त छुट लिन सकिनेछ।
यस विकास बैंकमा नयाँ वा पहिला नै नारी बचत खाता तथा मेरो सेयर बचत खाता खोल्नुहुने सम्पूर्ण नारी ग्राहकवर्गले उक्त छुट प्राप्त गर्नछन् । गरिमा विकास बैंक लिमिटेडले ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरिय सेवा दिदै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै