PRABHU BANK

नेष्डो समृद्ध लघुवित्तको आइपीओ मंगलबार बाँडफाँड, २४ लाखको हात खाली, नतिजा यसरी हेर्न सकिने !

Nesdo laghubitta
  • बैंकिङ संसार
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आइपीओ मंगलबार बाँडफाँड भएको छ । कम्पनीको आइपीओ येलो पेगोडा होटल, जमल काठमाडौंमा बाँडफाँड भएको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार गोलाप्रथामार्फत ७७ हजार ४५६ जना सर्वसाधारण आवेदकले सेयर हात पारेका छन् ।
जसमध्ये ७७ हजार ४५३ जनालाई १० कित्ता र ३ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । कुल २५ लाख २७ हजार १०१ जना लगानीकर्ताले आवेदन दिएकोमा २५ लाख २२ हजार ९५५ जनाको आवेदन मात्र योग्य ठहरिएको थियो । २४ लाखको हात भने खाली रहेको छ ।
यस लघुवित्तले फागुन ११ गतेबाट १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो । लगानीकर्ताले सेयर हब, बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, नेष्डो समृद्धको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै