PRABHU BANK

नेपाल बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ३.०७ प्रतिशतले घट्यो

  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंकले वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले यस त्रैमाससम्म ३.०७ प्रतिशतले खुद नाफा घटेर २ अर्ब १९ करोड २९ लाख ३१ हजार रुपैयाँमा आएको छ ।
अघिल्लो वर्षको यस अवधिमा बैंकले २ अर्ब २६ करोड २२ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नेपाल बैंकको खुद ब्याज आम्दानीमा झिनो सुधार भएको छ । इम्पेयरमेन्ट चार्जमा भारी वृद्धि भएपछि सञ्चालन नाफा २४.०३ प्रतिशतलेले घटेको छ ।
जसका कारण खुद नाफा प्रभावित भएको हो । यस्तै बैंकको रिजर्भ कोष भने ६.९३ प्रतिशतलेले बढेर १७ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढी पुगेको छ । चुक्त पुँजी १४५ ले बढेको छ। बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५७ पैसाले घटेर २० रुपैयाँ ३० पैसामा पुगेको छ र प्रतिसेयर नेटवर्थ २ सय ४० रुपैयाँ ६० पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै