PRABHU BANK

सिभिल बैंकले कमायो खुद नाफामा ७९.९१ प्रतिशत, प्रतिसेयर आम्दानी कति ?

civil bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले यस त्रैमाससम्म ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको भन्दा ७९.९१ प्रतिशतले धेरै हो ।
अघिल्लो वर्षको यसैअवधिमा बैंकले ५० करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यता बैंकको सञ्चालन नाफा ९१.४५ प्रतिशतलेले बढेको छ र खुद ब्याज आम्दानी ५९.३९ प्रतिशतले वृद्धि भएको छ। यसले गर्दा बैंकको नाफा बढ्न सहयोग पुगेको छ ।
यो त्रैमाससम्म बैंकले निक्षेप संकलन २.३३ प्रतिशतले र कर्जा लगानी ६.२०५ प्रतिशतले बढाउन सफल भएको छ । बैंकको वितरणयोग्य नाफा पनि ३८.६९ प्रतिशतले बढेको छ । यसको खराब कर्जा ०.९९ प्रतिशत रहेको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५३ पैसाले बढेर १३ रुपैयाँ २८ पैसा रहेको छ र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ५२ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै